नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रबर्द्धन कार्यालय

घाँसेवाली आनुवांशिक श्रोत केन्द्र

रन्जितपुर, सर्लाही

Nepal Flag
२०८३ भदौ ०५ गते

कार्यालयको उद्देश्य

कार्य विवरण

• विभिन्न भौगोलिक क्षेत्रमा राम्रो संग फस्टाउने जातका हिउँदे, बर्षे, बहुवर्षे र डालेघाँसहरुको मूल विउ उत्पादन गर्ने।
• नेपाल कृषि अनुसन्धान परिषद, विश्वबिधालय, तथा राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय निकायहरुसँगको सहकार्यमा घाँसेवाली विकाससँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान तथाप्रविधि विस्तार गर्ने।
• घाँसेवाली तथा पशु आहारा विकासका नविनतम प्रविधिहरूको उपयोग गरि वाह्य श्रोत व्यवस्थापन तथा घाँसेवाली करार खेती कार्यक्रम सञ्चालन गर्ने।
• घाँसहरुको in-situ तथा ex-situ संरक्षण,  प्रवर्द्धन र सदुपयोग गर्दै राष्ट्रिय स्तरमा घाँसेवाली आनुवांशिक जैविक विविधताको व्यवस्थापनमा सहयोग पुर्याउने।

• घाँसेवालीको विकाससँग सम्बन्धित विषय हरुमा राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्धर्न कार्यालयको समन्वयमा स्थानीय र प्रादेशिक तहसंग सहकार्य गर्ने।
• राष्ट्रिय स्तरमा घाँसेवाली तथा पशु आहाराको विभिन्न पक्षहरूमा क्षमता अभिवृद्धिका लागि स्थलगत व्यवहारिक तालिम, गोष्ठी, सेमिनारहरु लगायतका कार्यक्रमहरु संचालन गर्नु।

• केन्द्र तथा वाह्य श्रोत विकास कार्यक्रम अन्तर्गत रहेका घाँसेवालीहरुको अभिलेखिकरण, तथ्याङ्क विश्लेषण तथा प्रकाशनका कार्यहरू गर्ने।
• राष्ट्रिय स्तरमा घाँसेवाली तथा पशु आहारा सँग सम्बन्धि नवीनतम प्रविधिहरूको अनुसरण र विस्तार गर्नु।
• घाँसका विभिन्न प्रजातिहरूको विकास र विस्तार गर्ने।
• घाँसेवालाको विकासका विभिन्न क्रियाकलापको कार्यान्वयनमा राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालासँगको समन्वय र सहकार्यमा तदअनुरुपको कार्यहरु गर्ने।
• श्रोतकेन्द्रमा उत्पादित उपपदार्थहरूको सदुपयोग गर्न र केन्द्र आसपासको पशुमा नश्लसुधारगर्न प्राकितिक गर्भाधान सेवाको लागी रागोँ, साढे र बोका पालन गर्ने।

• पशुमा नश्ल सुधार गर्न कृत्रिम गर्भाधान सेवा प्रदान गर्ने।
• दुधमा आत्मानिर्भर कार्यक्रमको लागि तराई जर्सी गाईको न्युक्लियस हर्ड व्यवस्थापन गर्ने।
• मासुमा आत्मानिर्भर कार्यक्रमको लागि बोयर बाख्राको हर्ड व्यवस्थापन गर्ने।