ताजा जानकारी :
नेपालको ग्रामीण क्षेत्रको आयस्रोतमा मुख्य भुमिका खेल्ने पशुपालन व्यवसायले देशको कूल ग्राहस्थ उत्पादनमा ठुलो योगदान पु¥याएको छ । मानिसको लागि दैनिक जीवनमा आवश्यक पर्ने पौष्टिक खाद्य पदार्थको रुपमा प्रयोग हुने दूध तथा मासु उत्पादनको लागि पालिने पशुहरुको उत्पादनमा कूल खर्चको करिव ७० प्रतिशत खर्च आहारामा हुने भएकोले उन्नत पोषिलो कोशे तथा अकोशे जातको भुई घाँस र डाले घाँस उत्पादन गरी पशुहरुलाई उपलब्ध गराउनाले दाना खर्च घटाई उत्पादन लागत कम गरी धेरै मुनाफा लिन सकिन्छ । पशु आहारामा प्रयोग हुने विभिन्न प्रजातिका थरी थरी किसिमका घाँसका वीउ वेर्ना उत्पादन सो को संरक्षण तथा प्रवद्र्धनका लागि यस केन्द्रको स्थापना गरिएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुसेवा विभाग मार्फत संचालित यस केन्द्रको वि स. २०३८ साल स्थापनाकालमा “पशु आहारा परीक्षण तथा उत्पादन केन्द्र” नामाकरण भएकोमा आ.व. २०५२/०५३ देखि “चरन तथा आहारा विकास फार्म” भनी नामाकरण भएको थियो । त्यस पश्चात नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६० साल माघ को निर्णय तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०६०/१२/२३ को निर्णय अनुसार यस फार्मको नाम “चरन तथा घाँसेबाली वीउ वृद्धि फार्म” रंजितपुर सर्लाही भनी नामाकरण भएको थियो । आ.व.२०७५/०७६ देखि संघीय संरचना बमोजिम यस फार्मको नाम “ घाँसेबा... थप पढ्नुहोस्
Sorry! Data is not available.